site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआई कम्पनीलाई 'डेटा बेचेपछि' लिंक्डइनविरुद्ध मुद्दा, प्रयोगकर्तालाई क्षतिपूर्ति दिन माग

काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टको प्रोफेसनल एवं बिजनेसलक्षित सामाजिक सञ्जाल कम्पनी लिंक्डइनविरुद्ध मुद्दा दायर भएको छ । लिंक्डइनका लाखौँ प्रिमियर (पैसा तिरेका) ग्राहकको पक्षबाट मंगलबार राति मुद्दा दायर भएको हो ।

लिंक्डइनमाथि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स मोडेलहरूलाई तालिम दिन प्रयोगकर्ताको अनुमतिबिना उनीहरूका म्यासेज तेस्रो पक्षलाई बिक्री गरेको आरोप लागेको छ ।

 

लिंक्डइनले गत अगस्टमा गोप्य तरिकाले प्रयोगकर्ताले व्यक्तिगत विवरण सेयर गर्न चाहने/नचाहने विकल्प छान्न मिल्ने गोपनीयता सेटिङ ल्याएको थियो । त्यसपछि कम्पनीले सेप्टेम्बर १८ मा आफ्नो गोपनीयता नीतिलाई अपडेट गर्दै डेटा एआई मोडेललाई तालिम दिन प्रयोग गर्न सकिने बनाएको थियो ।

यसो गर्न नचाहने प्रयोगकर्ताको पहिले नै प्रयोग भएको डेटालाई रोक्न वा फिर्ता लिन नसकिने कम्पनीले जनाएको छ ।

एक प्रिमियम प्रयोगकर्ताले लाखौँका तर्फबाट क्यालिफोर्नियाको सान जोस संघीय अदालतमा मुद्दा हालेका हुन् । मुद्दामा लिंक्डइनले क्षतिपूर्तिस्वरूप हरेक प्रिमियर प्रयोगकर्तालाई एक हजार अमेरिकी डलर दिनुपर्ने माग गरिएको छ ।

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro