site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युट्युब स्टार मिस्टर बिस्ट पनि टिकटक किन्न इच्छुक

काठमाडौं । युट्युबमा सबैभन्दा धेरै सब्स्क्राइबर भएका स्टार मिस्टर बिस्टले पनि टिकटक किन्ने इच्छा व्यक्त गरेका छन् ।

मिस्टर बिस्ट र अनलाइन एचआर कम्पनी इम्प्लोयर डटकमका संस्थापक जेसी टिन्सलेले टिकटक किन्न नगद रुपैयाँको प्रस्ताव गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्क र ल्यारी एलिसनले टिकटक किन्न चाहेमा आफू सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

वास्तविक नाम जिमी डोनाल्डसन रहेका मिस्टर बिस्टले टिकटक किन्न अर्बपतिहरूसँग वार्ता गरिरहेको बताएका थिए ।

ट्रम्पले टिकटकको मूल्य एक ट्रिलियन अमेरिकी डलर रहेको भन्दै ५० प्रतिशत अमेरिकी स्वामित्वमा सञ्चालन गर्न अनुमति मिल्ने बताएका छन् ।

यसै जनवरी १९ सम्म बिक्री नगरे प्रतिबन्ध लाग्ने कानुनका आधारमा अमेरिकामा टिकटक प्रतिबन्ध भएको थियो । ट्रम्पले २० तारिकमा राष्ट्रपतिको कार्यभार सम्हालेसँगै कार्यकारी आदेश जारी गरी ७५ दिनका लागि प्रतिबन्ध रोकेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro