काठमाडौं । हरर फ्यामिली ड्रामा ‘ममी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र सुलक्षण भारतीलगायतलाई देख्न सकिन्छ ।
विभिन्न घट्ना र आकृतिहरूसँग पात्रहरूको भेट डरलाई ट्रेलरमा समेटिएको छ ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले सिनेमाको कथावस्तु जानकारी दिने प्रयास गरेको छ । अनौठा पात्रहरूको त्रासमा परेर कसरी परिवार तहसनहस भएको छ भन्ने कथा चलचित्रले भन्ने ट्रलेरले संकेत गरेको छ ।
चलचित्रमा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । सिनेमाको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।