site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सारङ्गी’ फेम्ड निर्देशक पौडेलको चलचित्र ‘कोशेढुंगा’को यस्तो छ लाइनअप 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’को लाइनअप पूरा हुनेक्रममा देखिएको छ । 

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेको निर्देशक पौडेलले बताएका छन् । चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त रहने बताइएको छ । 

थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्र फिचर्ड छ । यसले पनि यो चलचित्रको कथा महिलाप्रधान रहेको संकेत गर्छ । 

‘कोशेढुंगा’ सोसल ड्रामा सिनेमा हो । चलचित्रमा अभाव र संघर्षको कथा रहने बताइएको छ । ‘कोशेढुंगा’ फागुन २ गतेदेखि छायांकन हुने र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ । दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्