site stats
बाह्रखरी :: Baahrakhari
कला
अस्पतालबाट 'डिस्चार्ज' भए सैफ अली खान

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट 'डिस्चार्ज' भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सैफ अली खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार अभिनेत्री करिना कपुर आफ्ना पतिलाई लिन अस्पताल पुगेकी थिइन् ।

बिहीबार बिहान बान्द्रास्थित सैफ अली खानको घरमा एक व्यक्ति प्रवेश गरेर उनीमाथि चक्कु प्रहार गरिएको थियो ।

चक्कु प्रहारबाट सैफ अली खानको मेरुदण्ड र घाँटीसहित ६ ठाउँमा चोट लागेको थियो । डाक्टरहरूले सैफ अली खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् ।

मुम्बई प्रहरीले चक्कु प्रहार गर्ने एक व्यक्तिलाई थानेबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्