site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘मायावी’को गीत ‘सितारा जडेको’मा बिछोडको पीडा 

काठमाडौं । चलचित्र ‘मायावी’को तेस्रो गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । गीतमा दीक्षित पौडेल र समीरा थपलियाको स्वर छ । शम्भुजित बास्कोटाको संगीत तथा दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्दरचना छ ।

गीतले माइतीघरबाट अन्मिएर पराइघर जान लागेकी छोरीको बिदाइको सकसपूर्ण अवस्था देखाउने प्रयास गरेको छ ।

Dabur Nepal
NIC Asia

आफूले मन पराएकी युवतीलाई अर्काको हातमा सुम्पिनु पर्दाको बिछोडको पीडालाई पनि गीतले एकसाथ देखाएको छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू पल शाह, दीपिका प्रसाई, डेब्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठलगायत छन् ।

फागुन १४ गतेबाट प्रदर्शनमा आउने ‘मायावी’ दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र हो ।

‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको रूपमा रहेका छन् ।

चलचित्रमा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ । राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro