खेल
काठमाडौं । खोखो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।
स्वदेश फर्किएको पुरुष र महिला टोलीलाई सोमबार त्रिभुवन विमानस्थलमा खोखो नेपाल संघले स्वागत गरेको हो ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको फाइनलमा पुरुष र महिलातर्फ नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
पुरूषतर्फ नेपाल भारतसँग ५४–३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८–४० ले पराजित भएको थियो । कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलोपटक हो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १८:२७
प्रतिक्रिया दिनुहोस्