site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप महिला क्रिकेट : रुविनाको अर्धशतकमा कोसीको जित

काठमाडौं । कप्तान रुविना क्षेत्रीको अर्धशतकमा कोसी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेशमाथि सहज जित निकालेको छ ।

कोसी लगातार आफ्नो दोस्रो खेलमा विजयी भएको हो । आज भएको खेलमा कोसीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।

Dabur Nepal
NIC Asia

धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोसीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ कोसीका लागि कप्तान क्षेत्रीले तीन तथा अलिशा खडिया र ज्योति दनुवारले दुई–दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोसीले २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन बनाएको थियो । कोसीका लागि कप्तान क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्तै, टिका शाहले २१ रन बनाइन् ।

बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोसीकी कप्तान रुविना प्लेयर अफ दी म्याच भइन् ।

कोसीले यसअघि पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको कोसी चार अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro