site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डसँग एक विकेटले पराजित भयाे नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपाल एक विकेटले पराजित भएको हो ।   

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । 

स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।  आजको जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । 

बलिङतर्फ नेपालका कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक/एक विकेट लिए । सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए । 

खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रनभन्दा बनाउन सकेन । नेपालका निम्ति कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन् । 

त्यसैगरी,  सावित्री धामीले १० रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका निम्ति अमी बलडाइ र नइमा शेखले समान दुई/दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । त्यस्तै, मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन्  । 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro