काठमाडौं । युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । युक्रेनले रुसका धेरै स्थानमा आक्रमण गरेको छ ।
युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ ।
युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो ।
युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ ।
तर, रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ ।
रुसले पनि यो आक्रमणको छिट्टै जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर सारातोवका विद्यालयहरू बन्द गरिएका छन् ।