site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र विकास बोर्डद्वारा ९७ चलचित्रकर्मीलाई परिचयपत्र वितरण (सूचीसहित)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य राजु केसी, र केएल पीडितले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरे ।

कार्यक्रमका अवसरमा अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताए । “यो कदमले चलचित्रकर्मीको पेसागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ,” उनले भने । 

Dabur Nepal
NIC Asia

परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेसागत पहिचानसँगै कानुनी सुरक्षा, सरकारी सेवा, र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको बोर्डको प्रेस नोटमा उल्लेख छ ।

चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, चलचित्र निर्माण तथा सुटिङका लागि सहजीकरण र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्वपूर्ण हुने बोर्डको विश्वास छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro