site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा  शुक्रबार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमसँग आबद्ध फोटो पत्रकारसँगै विभिन्न कलाकार तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको बताउँदै यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई ऐनमा सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिलिपि अधिकार ऐनमा कला  फोटोग्राफीलगायतका विविध विषय छुटेको बताउँदै संस्थागत रूपमा यस विषयमाथि आवाज उठाई कानुनमा समेटिनुपर्ने धारणा राखे ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको बताउँदै सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ, एसोसियट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले जटिल विषयमा छलफल गरेर मात्र नभई घनीभूत छलफल गरेर संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्ने बताए ।

नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखितरमौखिक सुझाव दिन आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष सौरगांगा दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको बताए । उनले यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro