site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनकेएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ ।

Dabur Nepal
NIC Asia

राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल माघ १८ गते हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिनेछ । दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुनेछ । एक खेल मात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ ।

472847730_1319850426110222_7832521112125486006_n-1736520052.jpg
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro