site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लीला पछाई पनि धरौटी बुझाएर रिहा
Tiktok banner adTiktok banner ad

पोखरा । सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई पनि धरौटी बुझाएर आज रिहा भएकी छन् ।

बिहीबार जिल्ला अदालतले धरौटीमा रिहा गर्न भनेता पनि धरौटी रकम जम्मा गर्न नसकेपछि कारागार चलान भएकी थिइन् । न्यायधीश नीतिज राईको इजलासले पछाईसहित सात प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पछाईबाहेकका प्रतिवादी भने बिहीबार नै रिहा भए ।

३७ लाख धरौटी माग गरिएकी पछाई भने शुक्रबार मात्रै रिहा भएकी हुन् । उनले धरौटी बमोजिमको रकम शुक्रबार बुझाएकी हुन् ।

बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख र उनका व्यावसायिक साझेदार छविलाल जोशी ८८ लाखमा धरौटी बुझाएर छुटेका थिए ।

पूर्वसांसद मीना गुरुङले पाँच लाख, उनका बुवा कृष्णबहादुर गुरुङले एक लाख, रामबहादुर खनालले १५ लाख र आरती गुरुङले पाँच लाख धरौटी बुझाएर रिहा भएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro