site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेर्पा समुदायको संस्कार र संस्कृति देखाउने ‘कार्साङ’को प्रिमियर (तस्बिरहरू)

काठमाडौं । चलचित्र ‘कार्साङ’ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । बुधबार साँझ निर्माणपक्षले गरेको प्रिमियरमा उपस्थित कलाकारले  ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक चलचित्र भएको प्रतिक्रिया दिएका हुन् ।  

शेर्पा समुदायको मौलिक कथा भन्ने भएकाले ‘कार्साङ’ उनीहरूको संस्कार र संस्कृति बुझ्न पनि हेर्न आवश्यक भएको प्रिमियरपछि प्रतिक्रिया दिने कलाकारले बताएका छन् । 

चलचित्र हेर्न निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, कवि विप्लव प्रतीक, कलाकार केदार घिमिरे, अनुप बराल, दिनेश डिसी, लुनिभा तुलाधर, भोलाराज सापकोटालगायत कलाकार प्रिमियरमा पुगेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

1-1736398404.JPG
अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने प्रयास गरेको छ । 

शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन हो । गरेका छन् । ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

3-1736398426.JPG
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । 

कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

dipa-1736398451.JPG

kedar-1736398451.JPG

sirjana-1736398451.JPG

4-1736398450.JPG

5-1736398450.JPG

6-1736398450.JPG

balchi-1736398450.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro