site stats
बाह्रखरी :: Baahrakhari
कला
हरिवंशको ‘भूठान’ वैशाख १२ गते रिलिज हुने 

काठमाडौं । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ आउँदो वैशाख १२ गते रिलिज हुने भएको छ । अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम दिइएको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । 

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगआयत हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिका निर्वाह गरेका छन् । 

हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

Argakhachi Cement Island Ad

चलचित्र ‘बुलबुल’ फेम्ड निर्देशक पौडेलको यो दोस्रो चलचित्र हो । यो चलचित्रको कथाको भाव र गहिराई विश्वका जुनसुकै भूभागका दर्शकले महसुस गर्ने पौडेलको दाबी छ । 

निर्माता मध्यका एक अविरल थापा भन्छन् यो चलचित्रमा हरिवंशलाई नयाँ अवतारमा देख्न सकिने बताउँछन् । 

नेपालमा ‘भूठान’को वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार  विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्ने तयारी छ । 

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको चलचित्र ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामै भएको थियो ।

यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । 

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, सूर्य शाहीको कास्टिङ छ । 

चलचित्रमा बलिउडका कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । 


 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्