site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको सांसद पद निलम्बन
माधव नेपाल । फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।

उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिनेछ । त्यसपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन् । सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्नेछन् ।

Argakhachi Cement Island Ad

अख्तियारले निम्न व्यक्तिविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ :

१) नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
२) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार 
३) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत (विशेष) नवराज बस्नेत
४) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामकृष्ण खत्री 
५) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा केदारनाथ भट्टराई 
६) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विनोद कोइराला 
७) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विष्णु प्रसाद होमागाईं 
८) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा राम काजी श्रेष्ठ 
९) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा हरिशरण श्रेष्ठ  
१०) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामप्रसाद सत्याल  
११) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा कृष्णप्रसाद सापकोटा
१२) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार बद्रिप्रसाद हुमागाईं 
१३) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार पुष्पकुमार पौडेल 
१४) मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार रोसकाजी जस्पाउ
१५) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी 
१६) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालयका फाँटवाला माधवप्रसाद होमागाईं 
१७) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक कार्यालयका कार्यालय सहायक राजकुमार सिग्देल
१८) पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह
१९) गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य
२०) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जन
२१) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक नीता प्रधान 
२२) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जोखिम विभागका अधिकृत सुजित पोखरेल
२३) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका शाखा प्रबन्धक राजीव सापकोटा
२४) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका अधिकृत ममता पराजुली
२५) तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेमबहादुर सिंह
२६) तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ 
२७) तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठका 
 छोरा सन्तोष श्रेष्ठ
२८) तत्कालीन मन्त्रिपरिषद्का सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधवप्रसाद घिमिरे
२९) तत्कालीन मन्त्रिपरिषद्का सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधवप्रसाद घिमिरेकी श्रीमती कमला घिमिरे
३०) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त
३१) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव जीतबहादुर थापा 
३२) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव लालमणि जोशी
३३) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) कलानिधि पौडेल
३४)  भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव गान्धीप्रसाद सुवेदी
३५) भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि के.सी.
३६) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ 
३७) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा
३८) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल
३९) भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन नायव सुब्बा बुद्धिबहादुर कार्की
४०) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार मोहनराम शर्मा
४१) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं
४२) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेदप्रसाद अर्याल
४३) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत (विशेष) शिवहरि शर्मा सुवेदी 
४४) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा तुलामणि राजभण्डारी
४५) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार हरिप्रसाद हुमागाईं
४६) गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु. कार्यालय प्रमुख कृष्णहरि भट्टराई 
४७) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनि एशु मैनाली
४८) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका उप–प्रबन्धक मनोज न्यौपाने
४९) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका वरिष्ठ सहायक विक्रान्त कोइराला
५०) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका प्रमुख व्यवस्थापक रविनकुमार नेपाल
५१) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक आशा राणा अधिकारी
५२) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी
५३) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित
५४) तत्कालीन सन्‌राइज बैंक लिमिटेडका नायव महाप्रबन्धक बलराम विष्ट
५५) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत उमेशराज दाहाल
५६) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा जीवरमण उप्रेती 
५७) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा मोहनप्रसाद पराजुली
५८) चौतारामा प्रा.लि.का संस्थापक सदस्य विश्वरत्न शाक्य
५९) चौतारामा प्रा.लि.का संस्थापक सदस्य शेखरकुमार राणा
६०) स्व.राधेश्याम सराफ
६१) स्व.राधेश्याम सराफका छोरा अरुणकुमार सराफ
६२) भोजराज शर्मा वाग्ले     
६३) जीवनराज कँडेल 
६४) ध्रुवराज थापा 
६५) मनु घिमिरे 
६६) ओमप्रकाश वंशल 
६७) भीमदत्त जोशी 
६८) वीरेन्द्रलाल श्रेष्ठ 
६९) लक्ष्मण कार्की
७०) गुप्तराज कोइराला 
७१) दामोदर अधिकारी 
७२) म्लाङ डोङ तामाङ 
७३) नमिता भण्डारी 
७४) निर्मला पौडेल 
७५) बद्रीभक्त नाऐभा 
७६) वासुदेव थापा 
७७) यादवप्रसाद जोशी 
७८) राकेश सुवाल 
७९) राजेश त्वायना 
८०) राजेश साँद 
८१) रोशनी लक्ष्मी तुईतुई 
८२) लक्ष्मीकेशरी जाकीबन्जार 
८३) सुरेन्द्रकुमार कोइराला
८४) शिवहरि थापा 
८५) अमित श्रेष्ठ
८६) तुल्सीराम सुवाल 
८७) नारायणकृष्ण जोशी 
८८) न्हुछेरत्न खाइतु 
८९) प्रकाश खाइजु 
९०) मिनु सुवाल 
९१) विक्रम प्रजापती 
९२) शिवनाथ त्वाना बासु
९३) मन्जु कवाँ 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्