देश

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइबालाई नक्साल तानेको छ । इलाका प्रहरी कार्यालय सिमराको प्रमुख रहेकी डीएसपी बाइवालाई विभागीय कारबाहीस्वरूप हेडक्वार्टर तानिएको हो ।
उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत अर्का डीएसपी वेद जोशीलाई पठाइएको छ । वाइबा पाँच महिनाअघि मात्र सिमरा प्रहरी प्रमुखका रूपमा त्यहाँ पुगेकी थिइन् ।
प्रहरी प्रधान कार्यालयले वाइबाको कार्यसम्पादन राम्रो नदेखिएपछि फिर्ता बोलाइएको जनाएको छ । डीएसपी वाइबालाई हेडक्वार्टर काज गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं एसएसपी रमेश थापाले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १२:१८
प्रतिक्रिया दिनुहोस्