site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को अवरोधका विषयमा छलफलमा जुट्दै विपक्षी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संसद्को अवरोधका विषयमा छलफल गर्न विपक्षी दलका नेताको बैठक बस्दै छ । बिहीबार (जेठ २२) मध्याह्न नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बस्न लागेको हो ।

माओवादीका सचिव गंगानारायण श्रेष्ठले संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलको बैठक बस्ने तय भएको जानकारी दिए ।

बिहीबारै बिहान बसेको पदाधिकारी बैठकबाट माओवादीले सदन खुलाउन अधिकतम पहल गर्ने निर्णय गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले संसद् बैठक चलाउन दिएका छैनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्