site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनमा ५.० म्याग्निच्युडको भूकम्प
Argakhachi Cement Island Ad

काठमाडौं । चीनको युनान प्रान्तको डालीमा बिहीबार बिहान भूकम्प गएको छ । ४ः३१ बजे (बेइजिङ समय) ५.० म्याग्निच्युडको भूकम्प गएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति वा हताहतको तत्काल कुनै सूचना छैन । अधिकारीहरूले परिस्थितिको निगरानी गरिरहेका छन् ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाइएको छ । एर्युआन काउन्टी, डाली सहर र हेकिङ काउन्टीमा भूकम्पको धक्का महसुस गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्