site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यान्मारमा एकैपटक ६ हजार कैदीलाई आममाफी 

म्यान्मार । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ । देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको छ ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलगायत हजारौँ नेता–कार्यकर्ता, अधिकारकर्मी र प्रदर्शनकारीलाई कारागारमा राखेको छ । 

जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यअनुसार आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको  उल्लेख छ ।

माफी पाउनेमा केही विदेशी केही स्वदेशी छन् । माफी पाएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक छन् । उनीहरूलाई सीमामा रहेको क्यासिनोबाट पक्राउ परेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro