काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्य मनोनयन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले सदस्यहरू मनोनयन गरेको हो ।
केन्द्रीय अनुशासन आयोगमा अधिवक्ताद्वय कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत भएका छन् ।केन्द्रीय संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारी मनोनीत भएका छन् ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते बोलाउने निर्णय गरेको छ ।
आजको बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका छन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेका थिए ।