site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
केकी अधिकारीलाई प्रश्न– ‘बोक्सीको घर–२’ कहिले घोषणा हुँदै छ ? 
फाइल तस्बिर ।

काठमाडौं । अभिनेत्री केकी अधिकारी नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छन् । ‘बोक्सीको घर’बाट सिनेमा निर्माणमा समेत प्रवेश गरेकी केकी नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । 

उनले निर्माणको तयारी गरेको चलचित्र ‘बोक्सीको घर–२’ हो ? “बोक्सीको घर–२’ प्रोजेक्ट अहिले हाम्रो पाइपलाइनमा छैन । यदि, बोक्सीको घर–२ बनायौँ भने पनि केही वर्ष पछि मात्रै हुन्छ,” जवाफमा केकी बाह्रखरीसँग भन्छिन्, “अहिलेलाई हामीसँग अर्कै प्रोजेक्ट छ ।” 

तत्काललाई अर्कै चलचित्र निर्माण गरे पनि केकीले ‘बोक्सीको घर–२’ निर्माणको सम्भावनालाई भने नकारिनन् । अहिले तयारी भइरहेको चलचित्र निर्माण गरिसकेपछि ‘बोक्सीको घर–२’को सम्भावना रहेको उनले संकेत गरिन् ।  

अहिले केकीले नयाँ चलचित्रका लागि स्क्रिप्ट लक्ड गरिसकेकी छन् । स्क्रिप्टको काम सकिए पनि निर्देशक र कलाकार भने फाइनल भइनसेकेको उनको भनाइ छ । 

“स्क्रिप्टको काम सकियो, अब विस्तारै निर्देशक र कलाकार फाइनल गरेपछि सिनेमा निर्माणको घोषणा गर्नेर्छौं,” उनले भनिन् । 

‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro