site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकले बनाएका सेलिब्रिटी

काठमाडौं । सामाजिक सञ्जालको माध्यमबाट आफूलाई ‘एक्सप्लोर’ गरेर रंगीन दुनियामा करिअर बनाउनेहरूको संख्या ठूलो छ । टिकटकमा लोकप्रिय भएपछि सिनेमा र म्युजिक भिडियोमा आउनेहरूको लर्को छ ।

अहिले हलमा चलिरहेको चलचित्र ‘होस्टेल–३’मा अभिनय गरेका पारस बम (कुल ब्वाई) टिकटकको बाटो हुँदै चलचित्रमा आइपुगेका हुन् । सिनेमाको प्रचारका क्रममै उनी आफूलाई टिकटकमा जस्तै ‘होस्टेल–३’मा पनि साथ दिन भनिरहेका थिए ।

चलचित्र टिमवर्क हो, कोही एक व्यक्ति विशेषले चल्दैन । त्यसैले पारसका कारण मात्रै यो चलचित्र चल्यो भन्न त नमिल्ला तर यस सिनेमाले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

टिकटकलाई भर्‍याङ बनाएर चलचित्रको यात्रा तय गर्ने अर्को नाम हो, मिस पबी । अर्थात्, पवित्रा साकी ।

टिकटमा भाइरल भएपछि उनले म्युजिक भिडियोमा अवसर पाइन् । ‘मेरी बास्सै’लगायत टेलिचलचित्रमा काम गरिसकेकी उनी ‘कमेडी दरबार’ नामक टेलिभिजन शोमा पनि काम गरिरहेकी छन् । 

उनको करिअर म्युजिक भिडियो, टेलिचलचित्र, टेलिभिजन शो हुँदै अहिले चलचित्रमा उक्लिएको छ । उनी ‘माग्ने राजा’मार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेकी हुन् । 

केदार घिमिरे मुख्य भूमिकामा रहेको यस चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरिरहेका छन् ।

यसअघि, ‘राजमहल’बाट डेब्यू गर्ने भनिए पनि यो सिनेमा विभिन्न कारणले बन्न सकेन । सुरुमा ‘ह्वाइट हाउस’ नाम राखिएको यस चलचित्रको पछि नाम परिवर्तन गरेर ‘राजमहल’ राखिएको थियो । 

‘राजमहल’ समयमा खिच्न नसक्दा ‘माग्ने राजा’ मिस पवीको डेब्यू सिनेमा बन्ने भएको हो । 

गरिमा शर्मा पनि टिकटकको माध्यम हुँदै म्युजिक भिडियो र चलचित्रमा प्रवेश गरेकी कलाकार हुन् । दर्जनौँ म्युजिक भिडियोमा काम गरेपछि उनी चलचित्रमा आइन् । 

गरिमाको पहिलो चलचित्र ‘लन्डन टू पेरिस’ हो । गत वर्ष रिलिज भएको यस चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका थिए ।

त्यसयता उनी बाक्लै संख्यामा चलचित्रमा काम गरिरहेकी छन्, उनी । ‘ह्रस्व दीर्घ’, ‘बर एन्ड बधु’ गरिमाले काम गरेका चलचित्र रिलिज भइसकेका छन् । ‘जन्ते बाख्रो’मा पनि गरिमाले काम गरेकी छन् ।

सिम्रन पन्त पनि टिकटकको बाटो हुँदै चलचित्रमा आइपुगेकी कलाकार हुन् । सुनसरीको मधेसाकी उनी अभिनय सिकेर चलचित्रमा आइपुगेकी हुन् । सुरुदेखि नै नृत्य गर्ने उनी अभिनयको यात्रा सुरु गरेकी हुन् । 

प्रिन्सी र प्रिज्मा खतिवडा पनि टिकटकबाट हिट भएको जोडी हो । जुम्ल्याहा दिदीबहिनीको यो जोडीले सयौँ म्युजिक भिडियोमा अभिनय गरिसकेको छ । 

प्रिन्सी हिन्दी म्युजिक भिडियोमा पनि व्यस्त हुन थालेकी छन् । उनले भारतमा पुगेर काम गरिरहेकी छन् । 

बलिउडको चर्चित कम्पनी ‘टी–सिरिज’को ‘जान देंगे तुम्हे’ गीतको भिडियो, ‘बारिसे’, ‘हो जाने दो’लगायत हिन्दी गीतमा प्रिन्सीले मोडलिङ गरिसकेकी छन् ।

टिकटकबाट रंगीन दुनियामा फड्को मारेको अमर र अमृत दाहालको जोडी पनि हो । टिकटकमा हिट रहेको यो जोडीले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेको छ । यो जुम्ल्याहा दाजुभाइको पुरुष जोडी हो । 

नाटक, नृत्य हुँदै अमर र अमृत टिकटकमा आइपुगेका थिए । त्यसबाट उनीहरू म्युजिक भिडियोमा ‘सिफ्ट’ भएका हुन् । थुप्रै म्युजिक भिडियोमा काम गरेका उनीहरूले रियालिटी शो ‘डान्सिङ विथ स्टार’मा पनि भाग लिएका थिए । 

टिकटकमा लोकप्रिय भएपछि मोडलिङमा आउनेको संख्या ठूलो छ । टिकटकमा ‘भाइरल’ भएपछि मोडलिङमा आउनेमा सुधीर श्रेष्ठ, दीपा–दमन्ता श्रेष्ठ, गीता ढुंगाना, स्मारिका ढकाल–सामारिका ढकाल, बिना राउत, उषा उप्रेतीलगायत थुप्रै छन् । 

सुरुमा म्युजिक भिडियोमा आएपछि उनीहरू चलचित्रमा प्रवेश गर्ने गरेका छन् । पछिल्लो समय टिकटक नै गीत र चलचित्रको प्रचार गर्ने मुख्य माध्यम बनेपछि म्युजिक भिडियो निर्देशक र केही चलचित्र निर्देशकले पनि लोकप्रिय टिकटकरलाई लिने गरेका छन् । 

चलचित्रभन्दा पनि गीतको प्रचारको सबैभन्दा बलियो माध्यम नै टिकटक र टिकटकर बनिरहेका छन् । त्यसैले उनीहरूलाई पारिश्रमिक दिएर अथवा आग्रह गरेर ‘पब्लिसिटी’ गर्नु परेपछि म्युजिक भिडियो निर्देशकले आफ्नो गीतको भिडियोमा टिकटकरलाई लिने गरेका हुन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro