site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द्रौपदी’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्य लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र पीडा देख्न सकिन्छ ।

चलचित्रले कर्णालीको कथा उजागर गर्ने ट्रेलरले संकेत गरेको छ । यसअघि चलचित्रको टिजर र ‘कर्णाली कटौला’ गीत सार्वजनिक भएको भइसकेको छ ।

चैत ८ गतेबाट दर्शकमाझ आउने चलचित्र केही अन्तर्राष्ट्रिय महोत्सवमा पनि छनोट भएको छ । निर्देशक आचार्यका अनुसार ‘द्रौपदी’ डोल्पाको शे–फोक्सुण्डो ताललगायत विभिन्न स्थानमा खिचिएको हो ।

चलचित्रमा  ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवालीलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पार्श्व संगीत तथा मोहनकुमार झिल्लुको छायांकन रहेको छ ।

आरबी मुभिजको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । सह–निर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् ।

चलचित्र एप्पल इन्टरटेन्टमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro