site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कुहिएको आँप’ शब्द प्रयोग भएपछि सेन्सरले रोक्यो ‘राजागंज’, प्रधानमन्त्रीको पत्र लिएर आउन सुझाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘राजागंज’ सेन्सरमा रोकिएको छ । केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केही शब्द र सामग्रीमा आपत्ति जनाउँदै सच्याएर आउन निर्माणपक्षलाई सुझाएको छ । 

चलचित्रमा ‘कुहिएको आँप’ भन्ने शब्द प्रयोग भएपछि सेन्सरले आपत्ति जनाएको हो । चलचित्र सेन्सर भइरहेका बेला सेन्सर बोर्डमा उपस्थित एक व्यक्तिले बाह्रखरीसँग भने, “ त्यो शब्द (कुहिएको आँप)मा आपत्ति भएको संकेत देखिएको थियो ।” 

यो शब्द हटाउन सेन्सरले सुझाएपछि निर्माणपक्षले चलचित्रको मर्म नै मर्ने भन्दै नहटाउने अडान लिएको थियो । तर, सेन्सरले राख्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन भनेको स्रोतको भनाइ छ । 

यो सँगै अन्य केही सामग्रीमा पनि सेन्सरले आपत्ति जनाएर हटाएर ल्याउन भनेको छ । “अहिलेको राजनीतिका एक चर्चित पात्र र केही समयअगाडिका एक प्रधानन्यायाधीशको अन्तर्वार्ता चलचित्रमा राखेको पाइयो,” सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले बाह्रखरीसँग भने, “सन्दर्भ नै नभएको अन्तर्वार्ता नराख्नुस् । यसले पछि लफडा मात्र ल्याउँछ । अर्काको सम्पत्ति प्रयोग गर्ने भए अनुमति ल्याउनुस् भनेर हामीले भनेका छौँ ।” 

‘कुहिएको आँप’को प्रसंगबारे आफूलाई केही जानकारी नरहेको बताएका ऋषिराजले अन्तर्वार्ता कसको हो भन्नेबारे पनि प्रष्ट पार्न चाहेनन् । यो हटाउन वा राख्ने भए अनुमति लिएर आउन सेन्सरले निर्माणपक्षलाई सुझाएको छ । 

‘राजागंज’ नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउँदै छ । दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘राजागंज’ले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भन्नेछ । मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा यो सिनेमाले देखाउनेछ । 

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro