site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
ओस्कार अवार्डबाट बाहिरियो ‘साम्बाला’, यी हुन् ‘सर्टलिस्ट’मा परेका १५ चलचित्र

काठमाडौं । चलचित्र ‘साम्बाला’ ओस्कार अवार्डको दौडबाट बाहिरिएको छ । नेपालबाट सिफारिस भएको चलचित्र ९७ औँ ओस्कार अवार्डबाट सर्टलिस्टमा नपरेपछि बाहिरिएको हो । 

मिनबहादुर भामले निर्देशन गरेको चलचित्र ‘साम्बाला’ले श्रीमानको खोजीमा निस्कने गर्भवती महिलाको यात्राको कथा भन्छ ।

समुद्री सतहबाट चार हजार २०० देखि ६ हजार मिटरको उचाइमा खिचिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ ।

ओस्कारको यो श्रृंखलाबाट भारतको चलचित्र ‘लापत्ता लेडिज’ पनि बाहिरिएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धामा रहेका नेपाल र भारतका चलचित्र नै बाहिरिएका हुन् । 

अन्तर्राष्ट्रिय फिचरतर्फ सर्टलिस्टमा परेका १५ चलचित्रको सूची :
आइएम स्टिल हेयर– ब्राजिल
युनिभर्सल ल्यांग्वेज– क्यानडा
वेभ्स– चेक रिपब्लिक 
द गर्ल विथ द निडल– डेनमार्क 
इमिलिया पेरेज– फ्रान्स
द सिड अफ द सेक्रेड फिग– जर्मनी
टच– आइसल्यान्ड 
निक्याप– आयरल्यान्ड 
वर्मिग्लियो– इटाली 
फ्लो– लात्भिया
आर्मन्ड– नर्वे
फ्रम ग्राउन्ड जिरो– प्यालेस्टाइन
दाहोमे– सेनेगल
हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज– थाइल्यान्ड
सन्तोष– बेलायत 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro