site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।  अधिकारीहरूका अनुसार, योसँगै झडपमा कुल मृत्युको संख्या १२४ पुगेको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो, यद्यपि अफगानिस्तानको सीमानजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसंख्या छ । दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको बिहीबार नयाँ लडाइँ सुरु भयो, जब प्रहरी स्कर्टअन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुँदा ४० जना भन्दा बढी मानिसको मृत्यु भयो ।

कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाएका छन् । मृतकमा दुई सुन्नी र ११ जना शिया समुदायका रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समयमा दुई समुदायबीच विश्वासको गम्भीर अभाव तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरहेको उनले नाम नछाप्ने सर्तमा बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्