काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र अवार्ड–२०८० वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेको बोर्ड विजेताहरूलाई अर्वाड प्रदान गरेको हो ।
जसका ‘बुलाकी’ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । उत्कृष्ट अभिनेताको अवार्ड ‘प्रसाद २’ का लागि विपिन कार्कीले पाएका छन् ।
यस्तै, ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।
‘दिमाग खराब’कै लागि निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
अरू कसले कुन अवार्ड पाए ?
उत्कृष्ट सम्पादक – मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार – शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन – राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र – लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्री – स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र – जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मान
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मान
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री)