site stats
बाह्रखरी :: Baahrakhari
कला
के गर्दैछन् ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड विजय बराल

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का मुख्य अभिनेता विजय बराल मोफसलका दर्शकलाई भेटेर काठमाडौं फर्किएका छन् । चलचित्र ब्लकबस्टर भएपछि विजयसँगै निर्माणपक्ष धन्यवाद दिनभन्दै मोफल टुरमा निस्किएको थियो । 

सोमबार साँझ काठमाडौं फर्किएका उनी मंगलबारबाट नाटकको रिहर्सलमा जुटेका छन् । “मंगलबारबाट नाटकको रिहर्सल सुरु गरेको छु,” उनले बाह्रखरीसँग भने, “रिहर्सलपछि नाटक गरेर मात्रै चलचित्रको काम सुरु गर्नेछु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नाजिर हुसेनको निर्देशनमा तयार हुने नाटक ‘हरि हजुरबा’मा विजयले काम गर्न लागेका हुन् । यसको मुख्य भूमिकामा विजय र नाजिर हुनेछन् ।  

यो नाटक मंसिर २१ गतेबाट मञ्चन गर्ने तयारी छ । यदि, यो मितिमा आएन भने मंसिर २८ गतेबाट सुरु हुनेछ । 

नाटक ‘हरि हजुरबा’पनि उनले ‘बरिष्ठ बलराम’को छायांकन गर्ने बताइएको छ । यद्यपि, केही समय बीचमा ब्रेक लिएर मात्रै काम गर्ने उनले बताए । 

“चलचित्रमा काम गर्ने हो । तर स्क्रिप्ट अध्ययन गरेर, राम्रो लागेको अवस्थामा मात्रै गर्ने हो,” विजय भन्छन्, “पहिला पनि मैले काम गर्ने त्यैगरी हो ।” 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्