site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानमा इजरायली हवाई आक्रमण : २० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । दक्षिणी र पूर्वी लेबनानका सहर र गाउँमा इजरायली हवाई आक्रमणमा २० व्यक्तिको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । 

इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको १६ गाउँ र हरहरूमा १९ पटक हवाई आक्रमण गरेका हुन् । पूर्वी लेबनानको चार गाउँ र सहरहरूमा पाँचवटा आक्रमण गरेका छन् । 

हिजबुल्लाहले विज्ञप्तिमा आफ्ना सदस्यहरूले इजरायलको हाइफा नौसेना आधारमा ड्रोन आक्रमण गरेको बताएको छ । दक्षिणी लेबनानमा इजरायली सेनालाई मिसाइल ब्यारेकहरू पनि निशाना परेका छन् ।  

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको सुरुमा लेबनानमा आफ्नो उत्तरी सीमा पार गर्दै भूमिगत कारबाही सुरु गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro