देश
काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।
यो पनि पढ्नोस्–
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ ११:११
प्रतिक्रिया दिनुहोस्