site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल–इलेक्ट्रिक प्रिमियम ईभी जिकर एक्स : यस्तो छ फिचर र मूल्य
SkywellSkywell

काठमाडौं । पायोनियर मोटो कर्पले बिक्री गरिरहेको जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभी भएको बताएको छ । आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको गाडी सबै ड्राइभिङ अवस्था र सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

आकर्षक डिजाइज–डिटेलसहित गाडीको बोल्ड र ‘एक्स्ट्रोभर्ट फर्म’ निकै आकर्षक देखिने कम्पनीको भनाइ छ । ‘गोल्डेन रेसियो’मा आधारित डिजाइनमा विभिन्न चित्रकला, वास्तुकला प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

२७५० मिलिमिटरको ह्विलबेस रहेको गाडी ४४३२ मिलिमिटर लामो र १५६६ मिलिमिटर अग्लो छ । जिकर एक्समा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ ।

KFC Island Ad
NIC Asia

गाडीको ‘लङ रेन्ज’ मोडलको रियर एक्जिलमा २०० किलोवाट (२७२ हर्सपावर) र ३४३ न्युटनमिटरको इलेक्ट्रिक मोटरसहित ‘थर्ड जेनेसेन’ सिलिकन कार्बाइड इन्भर्टर प्रविधि छ ।

यसले गाडी ५.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्नसक्ने कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

जिकर एक्समा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टेलिजेन्ट कपपिट’ को पनि सुविधा छ ।

गाडीमा १४.६ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको एचडी इन्स्ट्रुमेन्ट प्यानलसहित २४.३ इन्चको ‘अगमेन्टेड रियालिटी हेड–हप डिस्प्ले’ छ ।

अगमेन्टेड रियालिटी हेड–अप डिस्प्लेमार्फत गाडीको विन्डस्क्रिन (अगाडिको सिसा)मा नै ग्राफिक्स प्रोजेक्ट छ ।

यसले सुरक्षित ड्राइभिङका लागि गाडीको गतिलगायत विभिन्न सूचना, ‘एडास सिस्टम वार्निङ’ तथा अन्य नेभिगेसन निर्देशन सजिलै अगाडीको अबजेक्ट भ्युमा ड्राइभरले देख्ने कम्पनीले जनाएको छ ।

जिकर एक्स रियर ह्विल ड्राइभ ८४ लाख ९९ हजार रुपैयाँबाट सुरु छ भने अल ह्विल ड्राइभको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro