काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले अभिनेत्री एलिजा गौतमलाई नेपालको पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरण गरेको छ । अभिनेत्रीसमेत रहेकी एलिजा प्राइम टाइम्स टेलिभिजनकी प्रबन्ध निर्देशक पनि हुन् । उनी सामाजिक अभियानहरूमा पनि सक्रिय छिन् ।
ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबीटी मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबीटी मोटर्सका प्रबन्ध निर्देशक सचिनकुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।
कम्पनीका अनुसार, जेइको जेसिक्स नेपालकै पहिलो अफरोडर इलेक्ट्रिक एसयूभी हो, जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटी सोलुसन प्रदान गर्छ । जेइको जेसिक्समा शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टिी डिजाइन छ ।
यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लूएलटीपी रेन्ज, ६५.६९ किलोवाट आवरको ब्याट्री क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफरोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।
नेपाली बजारमा गत फेब्रुअरी २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिनाभित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभरी गरिसकेको छ । ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को. लिमिटेडका लागि नेपालको आधिकारिक वितरक हो ।