अर्थ व्यवसाय
काठमाडौं । दिगो ग्रुपले तेस्रो ईस्टप सञ्चालनमा ल्याएको छ । आइतबार ग्रुपले नवलपुरको दलदलेमा ईस्टप सञ्चालनमा ल्याएको हो । नवलपरासीको दलदलेमा रहेको ईस्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारी साधनका लागि दुईवटा जीबी टी चार्जर जडान गरिएको छ ।
दिगो ईस्टप रामटार र कुरिन्टारमा पनि सञ्चालनमा छ ।
उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले ईस्टपको तेस्रो संस्करण दलदलेमा सञ्चालनपछि यस राजमार्गको यात्रुहरूलाई निकै उद्धार हुने बताए ।
यस ईस्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युती सवारीसाधनलाई चर्जिङको सुविधा दिने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ २२:५३
प्रतिक्रिया दिनुहोस्