site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४.९८ अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ४.९८ अंकले बढेको छ । साताको पहिलो दिन नेप्से ०.१८ अंकले बढेर २७५३.७६ को विन्दुमा पुगेको छ ।

यस दिन दुई करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये नौ समूहको समूहगत परिसूचक बढेको छ । चार उपसमूहको समूहगत परिसूचक घटेको छ ।

१४५ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा धेरै कमाउने उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro