site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि र छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

कास्कीको पोखरास्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत अपचलन गरेको खुलेपछि आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं प्रहरीले पक्राउ पुर्जीका निम्ति जिल्ला अदालतबाट अनुमति मागेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि र छविविरुद्ध यसअघि रुपन्देही जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीपछि उनीहरू दुवैजनालाई कास्कीबाट रुपन्देही लगेर बयान लिइएको थियो ।

रुपन्देहीबाट गएको शुक्रबार रविलाई पुनः जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा फर्काएको छ । छविसँग भने दुई हप्ताअघि नै रुपन्देही प्रहरीले बयान लिएको थियो ।

ग्यालेक्सी टीभीमा पाँच सहकारीबाट रकम लगिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन् । रवि ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक र छवि पूर्वसञ्चालक हुन् ।

ग्यालेक्सी टेलिभिजन तथा सहकारीका सञ्चालक ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई भने फरार छन् । सहकारीको रकम अपचलनका मुख्य आरोपित जीबी नै हुन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कास्की जिल्ला अदालतले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा रवि र छविसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro