site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कात्तिक २९ गते शैक्षिक मेला गर्दै हब इन्टरनेशनल एजुकेशन
SkywellSkywell

काठमाडौं । हब इन्टरनेशनल एजुकेशनले नेपालमै पहिलो पटक ‘आइरिस एजुकेशन फेयर–२०२४’को आयोजना गर्ने भएको छ ।

विगत दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हबले स्थापनाकालदेखि नै आयरल्यान्डमा नेपाली विद्यार्थीलाई पठाउँदै आइरहेको छ ।

अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका लगायतदेशहरूले अहिले अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई कडाई गरिरहेको अवस्थामा वैकल्पीक गन्तव्य दिने उद्देश्यले हबले आइरिस एजुकेशन फेयरको आयोजना गरेको हो ।

KFC Island Ad
NIC Asia

एजुकेशन इन आयरल्यान्डको समर्थनमा हबले यही २९ कात्तिक अर्थात् १४ नोभेम्बरमा शैक्षिक मेला गर्न लागेको हो ।

उक्त दिन बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म कार्यक्रम हुने हबले जनाएको छ । उक्त शैक्षिक मेला हबको केन्द्रीय कार्यालय हात्तीसारमा आयोजना गरिने छ ।

Royal Enfield Island Ad

यस शैक्षिक मेलामा सहभागी विद्यार्थीले आयरल्यान्डका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्राप्त गर्ने छन् । यस्तै, विद्यार्थीले प्रतिनिधिहरूसँग भेटेर आयरल्यान्डको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने हबले जनाएको छ ।

यस्तै भर्ना प्रक्रिया, पाठ्यक्रम, शुल्कलगायत विषयमा पनि विद्यार्थीले जानकारी दिन सक्ने हबले जनाएको छ ।

हबले आयरल्यान्डको प्रायः सबैजसो विश्वविद्यालय तथा शैक्षिक संस्थामा नेपाली विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ ।

हबले आयरल्यान्डका प्रतिष्ठित शैक्षिक संस्था–ट्रिनिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज डब्लिन, युनिभर्सिटी कलेज कर्क, युनिभर्सिटी अफ गल्वे, नेशनल कलेज अफ आयरल्यान्ड, टेक्नोलोजिकल युनिभर्सिटी अफ श्यानन, डब्लिन बिजनेस स्कुल, ग्रिफिथ कलेज लगायत २० भन्दा बढी शिक्षण संस्थामा हबले नेपाली विद्यार्थीलाई सन् २००६ देखि नै अध्ययनको व्यवस्था मिलाउँदै आएको छ । हबले स्थापनाकालदेखि हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अध्ययनका लागि आयरल्यान्ड पठाइसकेको छ ।

हबको यो शैक्षिक मेलाको आइएलटिएस पार्टनरको रूपमा ब्रिटिस काउन्सिल रहेको छ । यस्तै, एजुकेसन इन आयरल्यान्डको पनि साथ रहेको छ ।

विगत १८ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै हबले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।

शिक्षा मन्त्रालयबाट स्वीकृतिप्राप्त हबले सक्षम र अनुभवी काउन्सिलरबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि पूरा गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारी पाटी (ललितपुर), पोखरा, चितवन बुटवल, भैरहवा र झापामा यसका शाखा रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro