site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलको ट्रफीमाथि किन राखियो ढुंगा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । त्यससँगै ट्रफीमा राखिएको एक वस्तु चर्चाको विषय बनेको छ ।

क्यानले सार्वजनिक गरेको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । यही ढुंगाले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।

किन राखियो ट्रफीमाथि ढुंगा ?
क्यानका अनुसार, ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको प्रस्ट पारे । उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

“सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ । एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ,” उनले भने, “यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ ।”

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीप्रति धन्यवाद व्यक्त गरे ।

काठमाडौंको धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै प्रतिस्पर्धी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro