काठमाडौं । काठमाडौंमा ‘के–पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । डिसेम्बर २० र २१ मा दिउँसो १ बजेबाट राति १० बजेसम्म कार्यक्रम हुनेछ ।
कार्यक्रममा के–पप, जे–पप र ने–पपका कलाकारले प्रस्तुति दिनेछन् । नेपालसँग दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति दिने आयोजकले जारी गरेकाे प्रेस नोटमा उल्लेख छ ।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ ।
ग्रान्ड च्यारिटी नेपालले आयोजना गर्न कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रप, लभ वन ग्रुप, सामुराईलगायत व्यान्डका कलाकारले प्रस्तुति दिनेछन् ।
एओनियो मामी, हान सेह्युनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।