site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अग्निदहन’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘अग्निदहन’ले प्रिमियर भएको छ । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले प्रशंसा गरेका छन् । 

चलचित्रको कथावस्तु मनपरेको चलचित्रकर्मीले प्रतिक्रिया दिएका छन् । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि ‘बोक्सी’ प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए ।

Dabur Nepal
NIC Asia

राजनीतिकर्मी शंकर तिवारीले अधिकांश चलचित्रमा समस्या मात्र देखाए पनि समाधान नदेखाइने भन्दै ‘अग्निदहन’मा भने गहिराइमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।

कलाकार वीरेन श्रेष्ठले व्यक्तिको सोचले उसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरालाई चलचित्रले देखाएको बताए । 

निर्देशक तथा कलाकार नरेश पौडेलले चलचित्रले समाजमा व्याप्त कुरितिलाई प्रहार गरेको बताए । 

कलाकार लोकेन्द्र लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी ‘बोक्सी’ प्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए ।

निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद छ । कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro