कला
काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । परिचयपत्र प्राप्त गर्नेमा फिल्म निर्माता, निर्देशक, कलाकार र प्रावधिक छन् ।
परिचयपत्रका लागि आवेदन दिएका २०४ चलचित्रकर्मीमध्ये विशिष्ट छनोट समितिले ७२ जनालाई अन्तिम सूचीमा राखेको थियो ।
बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमाबापत प्राप्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
चलचित्र विकास बोर्डका सदस्य राजु खत्री क्षेत्री संयोजकत्वको छनोट समिति गठन गरिएको थियो । समितिमा केही समय खेतुलाल बुढाथोकीले समेत संयोजकको भूमिका निभाएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ २१:२९
प्रतिक्रिया दिनुहोस्