site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गुन्युचोलो’का निर्माता बुढाथोकीले पाए अमेरिकामा पीजीए अवार्ड
SkywellSkywell

काठमाडाैं । समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’का निर्माता आकाश बुढाथोकीले अमेरिकाको पीजीए मार्क (प्रोडयुसर गिल्ड अफ अमेरिका) पाएका छन् । 

आकाशले नेपालका तेस्रोलिंगीहरूको पहिचान र सामाजिक चुनौतिहरूको खोजी गर्ने प्रकारको नेपाली चलचित्र बनाएकोमा यो अर्वाड प्राप्त गरेका हुन् । यो मार्कले नेपाली चलचित्र उद्योगमा बुढाथोकीको योगदान र नेपाली सिनेमालाई विश्वव्यापी मञ्चमा पुर्याउन उनको भूमिकालाई दर्शाउने निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

KFC Island Ad
NIC Asia

यो चलचित्र केही समय अघिमात्र अमेरिकाको प्रतिष्ठित फोटो फिल्म मार्केटमा पनि छनोट भएको थियो । 

अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ । जहाँ नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । 

Royal Enfield Island Ad

चलचित्रमा समुन्द्र भट्टसँगै नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरसँगै चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । 

चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले खरिद गरेको छ । यो चलचित्रलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिएकी छिन् । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन् । ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । 

यो चलचित्रमा आकाश बुढाथोकी र भि भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । 

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना र विजय बस्यालको प्रोड्क्सन डिजाइन छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro