site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प जितको प्रभाव : बिटक्वाइनको मूल्य ८१ हजार डलर नाघ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र क्रिप्टोकरेन्सीलाई समर्थन गर्नेहरू सांसद पदमा विजयी भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार बिटक्वाइनको मूल्य ८१ हजार अमेरिकी डलर नाघेको हो ।

बिटक्वाइनको मूल्य यसै वर्ष सबैभन्दा कम ३८ हजार ५०५ डलरमा झरेको थियो । यसको मूल्य सोमबार ८१ हजार ८९९ डलरसम्म पुगेको हो ।

बिटक्वाइन, डोजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको नियमन अब राम्रो हुने अपेक्षा गरिएको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा डिजिटल एसेटलाई अँगाल्ने र अमेरिकालाई पृथ्वीमा क्रिप्टो राजधानी बनाउने एवं बिटक्वाइनको राष्ट्रिय भण्डारण गर्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकी निर्वाचनमा क्रिप्टो उद्योगले ११ करोड ९० लाख डलर यसको समर्थन गर्ने सांसदका निम्ति खर्च गरेको बताइएको छ । यसरी खर्च गरिएका धेरैजसो उमेदवार सांसद पदमा विजयी पनि भएका छन् । त्यसैले क्रिप्टोकरेन्सीका लगानीकर्ता सकारात्मक हुँदै यो क्षेत्र उकालो लागेको छ । रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro