site stats
बाह्रखरी :: Baahrakhari
देश
अनधिकृत रूपमा बनाइएका सहकारी विकास बोर्ड भवनको पर्खाल भत्काइयो

काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रूपमा बनाइएको पर्खाल भत्काइएको छ । 

जिल्ला, उच्च र सर्वोच्च अदालतले समेत सो पर्खाल अनधिकृत रूपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजर लगाएर सो भवनको सडकतिरको पर्खाल भत्काएको हो । २०७३ साल पुस १८ गते अनधिकृत रूपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “२०७३ पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रूपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन निर्णयअनुसार हालसम्म विभिन्न कारणले मुद्दाहरू हाल्यो । सम्मानित उच्च अदालत, सर्वोच्च अदालतबाट भत्काउने फैसला गरेका कारण आज हामीले यो भत्काएको हो ।” 

सो अनधिकृत रूपमा बनाइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्