कला
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन् । १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल–२०२४’मा शो टपरको रूपमा सहभागी हुन रौटेला नेपाल आउन लागेकी हुन् ।
ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागिताका लागि मोडलको आवेदन खुला गरिएको छ । आयोजक प्रारम्भ प्रोडक्सनले विज्ञप्ति जारी गर्दै मोडलका लागि आवेदन खुला भएको जानकारी दिएको हो ।
शोमा सहभागी मोडलहरूमा महिलाका लागि ५.४ फिट र पुरुषका लागि ५.१० फिट हाइट माथि हुनुपर्नेछ ।
शोको उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १४:५०
प्रतिक्रिया दिनुहोस्