site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले आतंकवादी आरोपपछि निर्वाचित दुई मेयरलाई हटायो
Dabur Nepal
NIC Asia

काठमाडौं । टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरलाई प्रतिस्थापन गरेको छ । 

टर्कीको आन्तरिक मन्त्रालयका अनुसार टुन्सेली सहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर मुस्तफा सारिगुललाई आतंकवादी संगठनको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएपछि पदबाट हटाइएको हो । 

पिपल्स इक्वालिटी एन्ड डेमोक्रेसी (डीईएम) पार्टीका तर्फबाट सेभदेत कोनाक र रिपब्लिकन पिपुल्स पार्टीबाट मुस्तफा सारिगुल मार्चमा भएको स्थानीय चुनावमा निर्वाचित भएका थिए । उनीहरूको स्थानमा टुन्सेली प्रान्तीय गभर्नर बुलेन्ट टेकबियिकोग्लुलाई टुन्सेली सहरको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ । त्यस्तै, ओभाकिकका जिल्ला गभर्नर हुसेन सामिल सोजेनलाई ओभाकिकको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro