site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ वर्षपछि भारत घरेलु मैदानमा क्लिन स्विप, मुम्बई टेस्टमा न्युजिल्यान्ड २५ रनले विजयी
SkywellSkywell

काठमाडौं । तेस्रो टेस्टमा न्युजिल्यान्डले भारतलाई २५ रनले पराजित गरेको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको सिरिज ३–० ले जितेको छ । न्युजिल्यान्डले पहिलोपटक भारतमा टेस्ट सिरिज जितेको हो  ।

भारतीय टोली २४ वर्षपछि घरेलु मैदानमा क्लिन स्विप भएको हो । यसअघि, सन् २००० मा भारत दक्षिण अफ्रिकासँग दुई म्याचको टेस्ट सिरिजमा क्लिन स्विप भएको थियो । तीन वा सोभन्दा बढी टेस्ट म्याचको घरेलु शृंखलामा पहिलोपटक भारतीय टोली क्लिन स्विप भएको हो ।

KFC Island Ad
NIC Asia

भारत बेंगलुरु टेस्टमा आठ विकेटले र पुणे टेस्टमा ११३ रनले पराजित भएको थियो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा २३५ रन बनाएको थियो । जवाफमा भारतीय टोली पहिलो इनिङ्समा २६३ रनमा अलआउट भएको थियो । भारतसँग २८ रनको अग्रता थियो ।

Royal Enfield Island Ad

जवाफमा न्युजिल्यान्डले दोस्रो इनिङ्समा १७४ रन बनायो । भारतलाई १४७ रनको लक्ष्य थियो । जवाफमा भारत १२१ रनमा अलआउट भयो ।

भारतका लागि दोस्रो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ६४ रन बनाए । न्युजिल्यान्डका लागि अजज पटेलले ६ विकेट लिए । खेलमा इजाजले ११ विकेट लिए । उनी खेलको 'प्लेयर अफ द म्याच' चुनिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro