खेल
काठमाडौं । बिली जिन किङ कपमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर २५ देखि ३० सम्म हुने प्रतियोगितामा पाँच महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले खेल्ने छन् ।
प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले बिहीबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ २०:२७
प्रतिक्रिया दिनुहोस्