site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिणाम अपेक्षित, पार्टी एकतामा द्विविधा छैन : गठबन्धन
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सकिएको छ । अन्तिम मत परिणामअनुसार वाम गठबन्धनको मुख्य घटक नेकपा एमालेले प्रतिनिधिसभातर्फ ८० स्थानमा जित हासिल गरेको छ । त्यस्तै, गठबन्धनको अर्को दल माओवादी केन्द्र ३६ स्थानमा निर्वाचित भएको छ । समानुपातिकसमेतको प्रारम्भिक मत परिणामलाई हेर्ने हो भने वामपन्थी सुविधाजनक बहुमतको स्थानमा छ ।

चुनावअघि तालमेल र चुनावपछि पार्टी एकतासँगै राजनीतिक स्थायित्व र स्थायी सरकारको नारा लिएर चुनावमा गएका दुई वामपन्थीका मुद्दा जनताले स्वीकार गरेको जनतमले देखाएको छ ।

त्यसो त, पार्टी एकता र बहुमतसहितको वामपन्थी सरकार निर्माणको एजेन्डालाई जनताले अभिमतद्वारा अनुमोदन गरेको रूपमा पनि अथ्र्याउन सकिन्छ । 

KFC Island Ad
NIC Asia

गुल्मी– १ बाट नवनिर्वाचित सांसद एवम् एमाले सचिव प्रदीप ज्ञवाली दुई वामपन्थी पार्टीबीचको तालमेल र एकतालाई जनताले अनुमोदन गरिदिएको रूपमा अथ्र्याउँछन् । “यो एकता प्रक्रिया कार्यकर्ता तहबाट सुरू भएको होइन, नेतृत्वबाटै सुरू भएको प्रक्रियालाई जनताले अनुमोदन गरेका छन्,” उनले प्रष्ट्याए ।

‘चुनावी परिणाम अनपेक्षित होइन’

Royal Enfield Island Ad

दुई वामपन्थी मिल्दा सुविधाजनक बहुमत आउने र स्थीर सरकार गठन हुन्छ भनेर नै निर्वाचनमा होमिएकाले परिणाम अपेक्षित नै भएको ज्ञवालीको तर्क छ । “यो परिणाम अनपेक्षित होइन, परिणामले वामपन्थी एकताको दिशामा मुलुक अघि बढेको छ, यसबाट हामी उत्साहित छौँ,” उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा भने । उनले निर्वाचन परिणामसँगै नयाँ युगको सूत्रपात भएको टिप्पणी गरे । “अस्थिरताको युग समाप्त भएर हामी नयाँ युगमा प्रवेश गरेका छौँ,” उनले थपे ।

‘चुनावी परिणामले पार्टी एकतामा उत्साह’

चुनावी परिणामले पार्टी एकतामा बल पुगेको ज्ञवालीको दाबी छ । “मत परिणामले पार्टी एकता सुनिश्चित भएको सन्देश दिएको छ,” उनको  भनाइ थियो ।

एकता नचाहनेहरूले विभिन्न तर्क गरिरहेको बताउँदै उनले माओवादी केन्द्र र एमालेबीच छिट्टै एकताको प्रक्रिया सुरू हुने दाबी गरे । “सरकार गठन र पार्टी एकताको प्रक्रिया सँगै अघि बढ्छ र छिट्टै निष्कर्षमा पुग्छ,” उनको प्रष्टोक्ति थियो ।

वामपन्थीबीचको तालमेल र एकताका विषयमा थुप्रै संशय रहेको भए पनि यो मत परिणामले त्यसलाई चिरेको जिकिर उनको थियो । गठबन्धनको मर्म, भावना र जनादेशअनुसार नै एमाले अघि बढ्ने बताउँदै ज्ञवालीले एकताको विषयमा द्विविधा पाल्नु नपर्ने तर्क गरे ।

अधिनायकवादको तर्क ‘ननसेन्स’

उनले वामपन्थी सरकारमा पुगेपछि अधिनायकवाद आउँछ भनेर अझै पनि कतिपयले तर्क गरिरहेको बताउँदै यस्तो ‘ननसेन्स’ कुराको पछि नलाग्न अनुरोधसमेत गरे । गठबन्धन लोकतन्त्रप्रति कृतसंकल्पित रहेको बताउँदै उनले अबको दिशा भनेको स्थायीत्व र विकास नै भएको बताए । लोकतत्त्रको मूल्य, मान्यता, भावनाअनुरूप नै गठबन्धन अघि बढ्ने भएकाले कोही द्विविधामा बस्नु नपर्ने उनको अनुरोध थियो ।

माओवादी भन्छ– पार्टी एकताबारे शंका नगर्नू

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि सरकार गठनलगत्तै पार्टी एकताको प्रक्रिया सुरू हुने दाबी गरिन् ।

बाह्रखरीसँगको टेलिफोन सम्वादमा उनले समानुपातिकतर्फको मतगणना सकिएपछि सांसद सिफारिस र सरकार गठन प्रक्रिया सुरू हुने जानकारी दिइन् । उनले पार्टी एकता हठात र एकैदिनमा नहुने बताउँदै राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुखको निर्वाचन सरकार गठनपछि सुरू हुने दाबी गरिन् ।

दुई पार्टीको बीचमा एकताको विषयमा कुनै द्विविधा, अस्पष्टता नरहेको बताउँदै भुसालले पार्टी एकताबारे शंका नगर्न आग्रहसमेत गरिन् । उनले हरेक निर्णय पार्टी एकता संयोजन समितिले गर्ने बताउँदै दुवै पार्टीको काम त्यही एकता संयोजन समितिले टुंग्याउने दाबीसमेत गरिन् ।

‘अपेक्षा गरेका दुई–चार ठाउँ जितिएन’ 

प्रवक्ता भुसालका अनुसार केही ठाउँ माओवादी केन्द्रले जित्ने सूचीमा राखेको थियो । तर, परिणाम पार्टीको पक्षमा नआउनु अनपेक्षित भएको उनले बताइन् । “काठमाडौं–६, १०, सप्तरी, गोरखा– २ माओवादीले जित्ने सुनिश्चित भएको मानेको थियो, तर परिणाम त्यस्तो आएन,” उनले भनिन् ।

काठमाडौं–६ मा झक्कु सुवेदी, १० मा हितमान शाक्य र गोरखा–२ मा नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका तर्फबाट उमेदवार थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro